२०८२ जेठ २२ बुधबार

राशिफल

विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सकमाथि हातपात

विराटनगरको विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि अज्ञात समूहले कुटपिट गरेको छ । चिकित्सक डा। सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति कुटपिट भएको हो ।

आकस्मिक कक्षमा सडक दुर्घटनामा घाइते भएका दुई जनाको उपचार गरिरहेका बेला उनीहरुमाथि आक्रमण भएको हो । आक्रमणबाट डा. रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरमा चोट लागेको छ ।

मोरङ प्रहरीका अनुसार बुढिगंगा २ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितको समूहले उनीहरुमाथि कुटपिट गरेको हो । आरोपि पक्राउ भइसकेका छन् र थप अनुसन्धान भइरहेको छ ।