नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले कोरोना भाइरसविरुद्ध लड्न ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। कोरोनाविरुद्ध लड्न ‘टिम सन्दीप लामिछाने अभियान’को घोषणा गर्दै उनले सो सहयोग गरेका हुन् ।
अभियानमा ब्यक्तिगत खाता खोलेका उनले खातामा जम्मा हुने सम्पूर्ण रकम कोभिड संक्रमण रोकथाम, नियन्त्रण एवं संक्रमितको उपचारका निम्ति उपलब्ध गराउने बताएका छन्।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडमा उनको नाममा रहेको खाता नम्बर ०१७००००३५३सीए रहेको छ ।
तपाइँको प्रतिक्रीया