२०८२ जेठ २२ बुधबार

राशिफल

महन्थ ठाकुर र उपेन्द्र यादवले निकाले यस्तो विज्ञप्ति

जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले तत्काल सरकारमा नजाने निर्णय गरेका छन् । संयुक्त विज्ञप्ति निकालेर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्थामा मात्र अघि बढ्ने बताएका छन् ।

पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। बैठक जेठ ८ र ९ गते पार्टी केन्द्रीय कार्यालय बालकुमारी बस्नेछ ।

आठ बुँदामा विज्ञप्ति जारी गरेका उनीहरूले पार्टी एकतालाई अझ सुदृढ गरी यसलाई बलियो बनाउन नेतृत्व र पार्टी सदस्य लाग्नेसमेत उल्लेख गरेका छन्।