सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रपतिबाट लिएको शपथ अन्तरिम आदेशद्वारा रोक्न नपर्ने आदेश जारी गरेको छ।
पथ कानुनले तोकेको ढाँचामा नभएको, त्यसमाथि प्रधानमन्त्रीले शपथ रितपूर्वक नलिएको भन्दै सर्वोच्च अदालतमा चार छुट्टाछुट्टै रिट परेका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको एकल इजलासले ती रिटमा अन्तरिम आदेश दिन नपर्ने आदेश जारी गरेका हुन् ।
प्रधानमन्त्रीले शपथका क्रममा राष्ट्रपतिले उच्चारण गरेको शब्दको उच्चारणमा ‘त्यो पर्दैन’ भनेका थिए ।
तपाइँको प्रतिक्रीया