२०८२ जेठ २१ मङ्गलबार

राशिफल

निषेधाज्ञा अवधिभरमा बैंकहरुले पेनाल्टी लिन नपाउने

नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै गर्दै राष्ट्र बैंकले निषेधाज्ञाका बेला ऋणीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो ।

साथै, निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धी सूचना जारी गर्न पउने छैनन् ।