लमजुङको भुलभुले केन्द्रबिन्दु भएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लामा गएको थियो ।
भूकम्पका कारण घरको गारो भत्किँदा भुलभुलेकी ८५ वर्षीया वृद्धा घाइते छिन्। अन्य कच्ची घरहरूमा क्षति पुगेका विवरणहरू आइरहेका छन्।
तपाइँको प्रतिक्रीया