राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेको माधव कुमार नेपाल पक्षले राम बहादुर थापा बादललाई नसघाउने संकेत दिएको छ । नेपालका स्वकीय सचिव मोहन गौतमले मंगलबार साँझ वक्तव्य जारी गर्दै मतदातालाई स्वविवेक प्रयोग गर्न दिने बताएका हुन् ।
गौतमका अनुसार नेता नेपालले अन्य दल समेतलाई सहमत गराएर आफूले डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने स्पष्ट पारेका छन् ।
तपाइँको प्रतिक्रीया