गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । गुरूङले यसअघि नै मन्त्री भएकालाई पुन: मन्त्री बनाउन लागेको उनको सचिवालयले जनाएको छ।
उनको मन्त्रिपरिषद्मा यसअघि पनि बनेका प्रदेश सांसद दिपक मनाङ्गे पनि पुन: मन्त्री बन्दै छन् । यसअघि उनी युवा तथा खेलकुद मन्त्री बनेका थिए ।
त्यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रीमा किरण गुरूङ, भौतिक पूर्वाधार विकास मन्त्रीमा रामशरण बस्नेत, सामाजिक विकास मन्त्रीमा नरदेवी पुन, पर्यटन, उद्योग, वाणिज्य तथा वन मन्त्रीमा विकास लम्साल थिए ।
गण्डकीका प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ३ अनुसार वैशाख २९ गते ठूलो दलका नेताका हैसियतमा गुरूङलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
तपाइँको प्रतिक्रीया