२०८२ जेठ २२ बुधबार

राशिफल

राष्ट्र बैंकको निर्देशन विपरीत महामालक्ष्मी विकास बैंकको ऋणीको सम्पत्ति लिलामको सूचना

नेपाल राष्ट्र बैंकको नीति विपरीत महामालक्ष्मी विकास बैंकले ऋणीको सम्पत्ति लिलामी गर्न सूचना प्रकाशित गरेको पाइएको छ ।
राष्ट्र बैंकले मंगलबार निषेधाज्ञा अवधिभर जरिवाना लगायतका अतिरिक्त शुल्क ऋणीबाट असुल नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिँदै एक सूचना जारी गरेको थियो ।

तर, बुधबार नै महालक्ष्मी विकास बैंकले ऋणीहरुको सम्पत्ति लिलामीको विषयमा सार्वजनिक सूचना जारी गरेको छ । विजनेश टर्म र बिजनेस ओडी ऋण लिएको हेटौंडाको एमएसबी कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि र गिता पश्मिना उद्योग सञ्चालकहरुको फोटो समेत टासेर लिलाम बिक्री सम्बन्धी १५ दिने सूचना जारी गर्दै घर जग्गा लिलामीमा सहभागी हुन सिलबन्दी बोलपत्र समेत आश्वान गरेको छ ।

महालक्ष्मीले बुधबार नै करिब २ दर्जनको फोटो सहितको विवरण टासेर कर्जा चुक्ता गर्न ३५ दिने सूचना समेत जारी गरेको छ ।