कोरोना महामारीबाट अति प्रभावित स्थानीय तहका विद्यालयले आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गर्न लागिपरेका छन् । स्थानीय तहले विद्यालयलाई निर्देशन दिएको विद्यालयहरुले यस्तो तयारी थालेका हुन् ।
कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न असम्भव भएपछि स्थानीय तहहरुले आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गर्न विद्यालयहरुलाई निर्देशन दिन थालेका हुन् ।
काठमाडौं र पोखरा महानगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर यस्तो निर्देशन दिनु यसका दुई उदाहरण मात्र हुन् । स्थानीय तहहरुमा प्राय यस्तो निर्देशन आउन थालेको छ ।
तपाइँको प्रतिक्रीया