भोलि हुने (बिहीबार) हुने राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा भएको छ । बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमा तीन वटा बुथ राखिने भएको छ ।
‘क’ बुथमा प्रदेशसभा सदस्यहरुले, ंख’ मा स्थानीय तहका प्रमुख, उपप्रमुखले र ‘ग’ बुथ मा कोरोना भाइरस संक्रमण भएका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गर्नेछन् ।
बागमती प्रदेशतर्फ राष्ट्रियसभा सदस्य रिक्त पदका हुने उपनिर्वाचनमा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल र स्वतन्त्ररुपमा डा. खिमलाल देवकोटा चुनावी मैदानमा छन् ।
तपाइँको प्रतिक्रीया