२०८२ जेठ २२ बुधबार

राशिफल

राष्ट्रियसभामा उपनिर्वाचनको परिणाम आजै, कसले जित्ला ?

राष्ट्रियसभामा बागमती प्रदेशमा अन्य समूहतर्फ रिक्त रहेको पदका लागि आज बिहीबार उपनिर्वाचन हुँदैछ । वाग्मती प्रदेशको रिक्त एक पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल र विपक्षी गठबन्धनको समर्थनमा एमाले कै माधव नेपाल समूहबाट खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ प्रतिस्पर्धामा छन् ।

बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमा तीन वटा बुथ राखिने भएको छ ।

‘क’ बुथमा प्रदेशसभा सदस्यहरुले, ‘ख’ मा स्थानीय तहका प्रमुख, उपप्रमुखले र ‘ग’ बुथ मा कोरोना भाइरस संक्रमण भएका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गर्नेछन् ।

मतपरिणामा पनि आजै सार्वजनिक हुनेछ । मत खसेको केही घण्टामा परिणाम आउनेछ ।