२०८२ जेठ २१ मङ्गलबार

राशिफल

नाजिर हुसेनद्वारा अक्सिजन जुटाउन एक लाख सहयोग

कलाकार नाजिर हुसेनले कोरोना संक्रमितका लागि अक्सिजन जुटाउन एक लाख सहयोग गरेका छन् ।

उनले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई महामारीको समयमा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री र कोरोनाका बिरामीलाई अक्सिजन ग्यास नि:शुल्क उपलब्ध गराउने अभियानमा सो सहयोग उपलब्ध गराएका हुन् ।

उनले आगामी दिनहरुमा पनि यसैगरी सहयोग उपलब्ध गराउने बताउँदै सबैलाई यो परिस्थितिमा एक हुन आग्रह गरेका छन् ।