२०८२ जेठ २३ बिहीबार

राशिफल

कपिलवस्तुमा माओवादी केन्द्रका नेतामाथि गोली प्रहार

कपिलवस्तुमा माओवादी केन्द्रका जिल्ला नेतासहित २ जनााथि गोली प्रहार भएको छ । कपिलवस्तु नगरपालिक–६ थुमुवा–तौलिहवा सडक खण्डमा बुधबार राती ११ बजेतिर माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेय र भारतीय नागरिक ईयाज अख्तरमाथि गोली प्रहार भएको हो ।

मोटरसाइकलमा जगदीशपुरतर्फबाट घर जाँदै गरेका उनीहरूमाथि अज्ञात समूहले गोली हानेको प्रहरीले जनाएको छ। उक्त समूहले पाण्डेयलाई दुई र भारतीय युवालाई एक गोली प्रहार गरेको थियो । हाल दुवैको उपचार भइरहेको छ ।