२०८२ जेठ २२ बुधबार

राशिफल

बिएण्डसी मेडिकल कलेजको सम्बन्धन कानुनसम्मत– काठमाडौं विश्वविद्यालय

काठमाडौं विश्वविद्यालयले झापाको प्रस्तावित बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनको लागि आवश्यक पर्ने सहमतिपत्र कानुनसम्मत रहेको बताएको छ ।

विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै हाल विद्यमान रहेको राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को अधिनमा रही आफूहरुले सहमतिपत्र प्रदान गरेको बताएको हो ।

विश्वविद्यालयको विज्ञ सम्मिलित टोली मार्फत २०७८ वैशाख २३ देखी २४ सम्म उक्त कलेजको प्रारम्भिक निरीक्षण समेत गरेर सम्बन्धनका लागि आयोगलाई चाहिने सहमतिपत्र दिनेगरी विश्वविद्यालय कार्यकारी परिषद्ले मिति २०७८ वैशाख ३१ मा निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।