नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा कोरोना महामारी रोकथाम, उपचार तथा नियन्त्रणका निम्ति छुट्टै संयन्त्र बनाउने भएको छ ।
पार्टीको स्थायी कमिटी बैठकले प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म संयन्त्र बनाउने निर्णय गरेको हो । यस्तो संयन्त्र वडा तहसम्म गठन हुनेछ । माओवादीले आफ्नै पार्टी कोषबाट अक्सिजन प्लान्ट निर्माणको पहल पनि गर्ने निर्णय गरेको छ ।
साथै, माओवादी केन्द्रले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र खारेज गर्नुपर्ने माग राख्ने पनि निर्णय गरेको छ ।
तपाइँको प्रतिक्रीया