जुनमा श्रीलंकामा हुने भनिएको एसिया कप टी–२० क्रिकेट प्रतियोगिता स्थगित भएको छ । कोरोना भाइरस महामारीका कारण एसिया कप स्थगित भएको हो ।
श्रीलंका क्रिकेटका चिफ एक्जुकेटिभ अश्ले डे सिल्भाले अहिलेको अवस्थामा जुनमा प्रतियोगिता आयोजना गर्न सम्भव नभएको बताए । कोरोनाकै कारण गत वर्ष पाकिस्तानमा हुने भनिएको एसिया कप स्थगित भएको थियो ।
तपाइँको प्रतिक्रीया