२०८२ जेठ २१ मङ्गलबार

राशिफल

संविधानको धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिको आह्वान

संविधानको धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्री नियुक्तिका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा यस्तो आह्वान गरेकी हुन् ।

प्रधानमन्त्रीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएपछि राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्तिको आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई २१ घण्टाको समय दिएकी हुन् ।

राष्ट्रपति भण्डारीले बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय र प्रधानमन्त्रीको अनुरोधका आधारमा धारा ७६ (५) को सरकार गठनका लागि आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।