जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
राष्ट्रपतिले शुक्रबार साँझ ५ बजेभित्र संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेपछि प्रतिक्रिया दिँदै यादवले पार्टीले अध्यक्ष ठाकुरलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने प्रतिक्रिया दिएका छन् ।
केही दिनअघि दुवै नेताबीच अरुको सरकारमा नजाने र आफ्नै नेतृत्वमा सरकार गठनका लागि अगाडि सर्ने सहमति भएको थियो ।
तपाइँको प्रतिक्रीया