जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरर नेता राजेन्द्र महतो पक्षीय सांसदहरुले आज सरकारमा सहभागी हुनेबारे निर्णय गर्ने भएका छन् । आज बस्ने यी पक्षीय सांसदहरुको बैठकले कुनै न कुनै निर्णय गर्नेछ ।
ठाकुर र महतो पक्षबाहेकका सांसदहरुलाई बैठकमा बोलाइएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसारको वैकल्पिक सरकार बनाउन दलहरुलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएको अवस्थामा ठाकुर पक्षले आफ्नो नेतृत्वमा सरकारमा जाने वा केपी शर्मा ओलीलाई समर्थन गर्ने सम्भावना छ ।
तपाइँको प्रतिक्रीया