सरकारले संविधान संशोधनका लागि पाँच जनाको कार्यदल बनाएको छ। नेकपा एमाले र जनता समाजवादी पार्टीका नेताहरू सम्मेलित समिति बनेको हो ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहान्यायाधीवक्ता अग्नि खरेल, सांसद कृष्णभक्त पोखरेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लको कार्यदल बनाएको हो ।
यसअघिको मन्त्रिपरिषद् बैठकले जसपाको मागबमोजिम आमाबाबु दुवै नेपाली भए वंशजका आधारमा जन्मसिद्द नागरिकता लिन मिल्ने अध्यादेश ल्याएको थियो।
तपाइँको प्रतिक्रीया