२०८२ जेठ २८ मङ्गलबार

राशिफल

जसपा ठाकुर पक्ष फेरि तटस्थ बस्ने

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनमा तटस्थ बस्ने भएको छ । ठाकुर पक्षीय सांसदहरुको शुक्रबार बिहानको बैठकले यस्तो निर्णय गरेको हो । यो पक्षको निर्णय सँगै अब संसद भंग गरेर मध्यावधि चुनाव घोषणाको सम्भावना बढेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

ठाकुर पक्षसँग नयाँ सरकार गठनका लागि आवश्यक बहुमत छ ।