सलमान खान अभिनित ‘राध: योर मस्ट वान्टेड भाइ’ बाट सलमान खानले व्यक्तिगतरुपमा १०० करोड रुपैयाँ नाफा कमाएका छन् । ९० करोड लगानीमा निर्माण भएको राधेको डिजिटल राइट २३० करोड भारु तय गरिएको थियो । तर, पछिल्लोपटक त्यसलाई घटाएर १३० करोड भारु निश्चित गरियो ।
यो फिल्म विश्वभर ओटीटी र फिल्म हलमा गत साता प्रदर्शन भयो । समिक्षकबाट कमजोर समिक्षा पाए पनि राधेले ब्यापार भने राम्रो गरेको छ ।
तपाइँको प्रतिक्रीया