२०८२ जेठ २१ मङ्गलबार

राशिफल

देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गर्ने

विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गर्ने तयारी गरेको छ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा अहिले देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपाल, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलगायत नेताहरू छलफल गरिरहेका छन्।