२०८२ जेठ २१ मङ्गलबार

राशिफल

प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ मा निर्वाचन घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ को निर्वाचनको मिति तोकेकी छन् । शुक्रबार मध्यरात बसेको मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति कार्यालयले राति १ बजेर ५० मिनेटमा संसद भंग र नयाँ निर्वाचन मितिको घोषणासहित विज्ञप्ति जारी गरेको हो।

मन्त्रिपरिषदको बैठकले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन हुन नसकेपछि धारा ७६ (७) अनुसार निर्णय गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।