नेकपा एमालेले माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्षलाई प्रधानमत्रीबाट हटाउन र विपक्षी दललाई सरकारमा पुर्याउन हस्ताक्षर गरेका भन्दै ती नेतालाई स्पष्टीकरण सोध्ने भएको हो ।
माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको छ ।
तपाइँको प्रतिक्रीया