२०८२ जेठ २६ आइतबार

राशिफल

अमेरिकामा अर्को महामारी, फैलन थाल्यो कुखुराबाट संक्रमण

F

चमेराबाट सरेको भनिएको कोरोना संक्रमणले विकराल रुप लिइरहेका बेला अ‍ेमरिकामा कुखुराबाट संक्रमण फैलिएको पाइएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमबा अनुसार अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले मानिसहरूलाई कुखुराबाट साल्मोनेला संक्रमण फैलिएको बताएको छ ।

यसको संक्रमणका कारण मानिसलाई ज्वरो, पखाला, कोलिक र बान्ता निम्त्याउन सक्छ। अधिकांश व्यक्तिहरू उपचारविना निको हुन्छन्, तर अधिक गम्भीर अवस्थामा मृत्यु पनि हुन सक्छ ।

संयुक्त राज्य अमेरिकाको ४३ राज्यमा १६३ जना बिरामीमा यसको संक्रमण देखिएको छ । अमेरिकी सरकारले मानिसहरुलाई कुखुराबाट टाढा रहन आह्वान गरिरहेको छ ।