२०८२ जेठ २१ मङ्गलबार

राशिफल

जसपाले सोध्यो ठाकुर र महतोसहित चार नेतालाई स्पष्टीकरण

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। ५१ सदस्यीय जसपाको कार्यकारिणी समितिको बहुमत सदस्यको बैठकले यस्तो निर्णय गरेको हो।

अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई पक्षको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिगामी कदमलाई साथ दिनेहरूमाथि छानबिन गर्नेसमेत निर्णय गरेको छ ।

नेताहरुका अनुसार अध्यक्ष ठाकुरलाई पार्टीको निर्णयविपरित ओलीलाई प्रधानमन्त्रीमा आफ्नो दलको समर्थन छ भन्ने पत्र राष्ट्रपति कार्यालयमा बुझाएकोबारे, महतोलाई संसदीय दलको विधान नै नबनी आफू संसदीय दलको नेता चुनिएको भनेर राष्ट्रपति कार्यालयमा पत्र पठाएकोबारे, नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई सरकारले बनाएको संविधान संशोधन कार्यदलमा बसेकोबारे स्पष्टीकरण सोधिएको हो।