२०८२ जेठ २१ मङ्गलबार

राशिफल

नेपालमा थप सिमेन्ट उद्योग खोल्न सकिने

नेपाल राष्ट्र बैंकले वैदेशिक लगानीमा थप सिमेन्ट उद्योग खोल्न सकिने बताएको छ। नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपुर्ति गर्न थप उद्योग खोल्न सकिने बताइएको छ ।

आयात कटौती तथा निर्यात प्रवद्र्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुने अध्ययनले देखाएको राष्ट्र बैंकले बताएको छ ।

यस अध्ययन अनुसार ५५ सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता १ करोड ५० लाख मेट्रिक टन रहेको छ भने आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार मेट्रिक टन रहेको देखिन्छ।