संसद विघटनविरुद्ध रिट हाल्न विपक्षी गठबन्धनका नेताहरु सर्वोच्च अदालत जाने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरु नागरिकतासहित अदालत जाने भएका हुन् ।
यसअघि देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेस, नेकपा माओवादी केन्द्र, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष, जसपा अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाका १४९ सांसदले हस्ताक्षर गरेका थिए ।
तर दाबी नपुगेको भन्दै सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।
तपाइँको प्रतिक्रीया