२०८२ जेठ २१ मङ्गलबार

राशिफल

मिस नेपाल नर्थ अमेरिका २०२१ को दर्ता सुरु

न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०२१ को दर्ता सुरु भएको छ । आगामी अगस्त १४ मा हुने उक्त प्रतियोगिताको नारा ‘भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण’ राखिएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहाने प्रतियोगीहरुको लागि आवेदन खुल्ला गरिएको छ । आवेदन पत्र दर्ता गर्ने अन्तिम समय जुन १५, २०२१ सम्‍म राखिएको छ ।

बिजेतालाई नेपाल आउने जाने हवाई टिकट प्रदान गरिने छन् भने नेपाल टुरिज्म बोर्डले २०२१–२०२२ को लागि विजेतालाई सद्भावना दूतमा मनोनित गर्नेछ ।