२०८२ जेठ २५ शनिवार

राशिफल

१० अर्ब १५ करोड बजेटको सीमाभित्र रहेर सिद्धबाबा सुरूङ मार्गको टेन्डर आह्वान

सिद्धार्थ राजमार्गको बुटवल–दोभान सडकखण्डमा सुरूङ मार्ग बनाउन सरकारले टेन्डर आह्वान गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ४५ दिनको समय सीमा तोकेर टेन्डर आह्वान गरेको हो।

१० अर्ब १५ करोड बजेटको सीमाभित्र रहेर खरिद प्रक्रिया अगाडि बढाउन मन्त्रालयले आइतबार ग्लोबल टेन्डर आह्वान गरेको हो ।

माथिल्लो सिद्धबाबा मन्दिरदेखि सुरू हुने ११ सय २६ मिटरको सुरूङ मार्गको डिजाइन स्वीस सरकारले गरेको हो । माथिबाट ढुंगा झर्ने ३ किलोमिटर क्षेत्रमा रकनेट र जाली लगाउने कामसमेत सोही बजेटमा हुनेछ ।