२०८२ जेठ २६ आइतबार

राशिफल

प्रधानमन्त्री देउवा हुने शशांक कोइरालाको दाबी

कांग्रेस महामन्त्री शशांक कोइरालाले सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । संविधानको धारा ७६ को उपधारा (५) बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त हुनुपर्ने बताउँदै उनले अदालतले यसको घोषणा गर्ने बताए ।

आफूहरुसँग अहिले पनि बहुमत सांसदको हस्ताक्षर रहेकाले सो हस्ताक्षर लिएर गएपछि अदालतले देउवाकै नेतृत्वमा सरकार गठन गर्न आदेश दिने उनले बताए ।

यसअघि विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि राष्ट्रपति कार्यायलमा दावी पेस गरेको थियो ।