सेयर कारोबार मापक नेप्सेले परिसूचकले आइतबार मध्यान्ह २८ सय २० माथि पुगेर नयाँ रेकर्ड राखेको छ ।
आइतबार कारोबार खुलेको १० मिनेट नबित्दै करिब ५० अंकले नेप्से परिसूचक घट्यो । त्यसपछि सम्हालिएको परिसूचक कारोबार बन्द हुँदासम्म ३२ दशमलव ८१ अंकले बढेर २८ सय २० मा पुगेको हो ।
२२० कम्पनीको सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७ सय २८ रूपैयाँ पुगेको छ ।
विकास बैंक र फाइएनान्स समूहक परिसूचक सबैभन्दा बढी बढेको छ । विकास बैंक समूहको सवइन्डेक्स ७ दशमलव ५४ र फाइनान्सको ६ दशमलव ७६ प्रतिशतले बढेको छ ।
तपाइँको प्रतिक्रीया