लुम्बिनी प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि जेठ १७ गते उपनिर्वाचन हुने भएको छ। उपनिर्वाचनमा नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र कांग्रेसबाट दीर्घनारायण पाण्डे उम्मेदवार छन्। पाण्डेलाई माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन छ।
यहाँ प्रदेश सभा सदस्य ७९ जना, स्थानीय तहका प्रमुख तथा उपप्रमु २१७ जना गरेर कूल मतदाता २९६ रहेको छन् । स्थानीय तहतर्फ एमालेका ९१ जना प्रमुख तथा उपप्रमुख छन्। कांग्रेसका ६४, माओवादी केन्द्रका ३९, जसपाका १३ र जनमोर्चाका ५ जना सदस्य छन्। राप्रपाका दुई र स्वतन्त्र ४ जना छन्।
तपाइँको प्रतिक्रीया