२०८२ जेठ २३ बिहीबार

राशिफल

बंगालको खाडी नजिकैबाट आँधी आउने, नेपालमा पनि प्रभाव पर्ने

बंगालको खाडी नजिकैबाट आँधी आउने भएको छ। जसको प्रभाव भोलि मंगलबारदेखि नेपालमा पनि पर्ने बताइएको छ । अरब सागरमा बनेको ताउ–ते सामुद्रिक आँधीको प्रभाव सकिएको केही दिन नबित्दै फेरि अर्को आँधी आउन लागेको हो ।

यास नाम दिइएको उक्त आँधी अहिले बन्ने क्रममा छ। मंगलबारसम्म धेरै शक्तिशाली चक्रवातमा परिणत हुने आँधी बुधबार पारादीप र सागर टापुमा ल्यान्ड हुनेछ। १८५ किलोमिटर प्रतिघन्टामा आउने आँधीका कारण हुन सक्ने क्षतिलाई मध्यनजर गरी पश्चिम बंगाल, उडिसासहित उत्तरपूर्वी भारतीय राज्यहरूमा आवश्यक सावधानी अपनाइएको छ।

यसको असर मंगलबारदेखि नेपालमा पनि पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।