सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले प्रतिनिधि सभा विगठन र निर्वाचन घोषणाको विरोध गरेको छ । कांग्रेस निकट इन्जिनियरहरुको संगठन सिडेनले बैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विगठन गर्नु नेपालको संविधानको मर्म र भावना विपरित मात्र नभई असंवैधानिक पनि रहेको ठहर गरेको हो ।
कोभिड–१९ को नयाँ भेरियन्टबाट आक्रान्त भई दिनहु हजारौंको संख्यामा संक्रमित भइरहेको र सयौंको संख्यामा ज्यान गुमाउनु परिराखेको यस विषम परिस्थितिमा अक्सिजन, भेन्टिलेटर, आइसियु, बेड लगायत स्वास्थ्यको आधारभूत सेवा सुबिधा परिपूर्ति गर्नुको साटो नेपाल सरकार असंवैधानिक, अनुचित राजनैतिक खेलमा तल्लिन भएको निन्दनीय रहेको सिडेनले जनाएको छ।
तपाइँको प्रतिक्रीया