काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप गर्ने तयारी भइरहेको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीचको छलफलपछि एक साता थप्ने तयारी भएको हो ।
उपत्यकामा जारी निषेधाज्ञाको समय जेठ १३ गतेसम्म छ। तर, निषेधाज्ञाले संक्रमितको संख्यामा सुधार नआएपछि थप कडाइ गर्ने तयारीसमेत छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार तरकारी तथा किराना पसल, बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालयको हकमा कडाइ गर्ने तयारी छ । तर, यस विषयमा गृह मन्त्रालयसँग छलफल गरेर अन्तिम निर्णय लिइनेछ ।
तपाइँको प्रतिक्रीया