कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध रिट हाल्ने कार्यमा माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर गर्ने सांसदहरुमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, पवित्रा निरौला, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, दिपक प्रकाश भट्ट, नारायण खतिवडालगायत रहेका छन् ।
यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपतिलाई बुझाइएको हस्ताक्षरमा नेपाल पक्षका २७ सांसदले हस्ताक्षर गरेका थिए । रिटमा कांग्रेस र माओवादी केन्द्रका सांसदले हस्ताक्षर गरिसकेका छन् ।
तपाइँको प्रतिक्रीया