इटालीमा केबलकार दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। विदेशी पर्यटक र स्थानीयलाई लेक मागिओएरबाट समुद्र सतहदेखि १४ सय मिटर उचाइमा रहेको मोत्तारोन पहाडको चुचुरोमा पुर्याउने क्रममा केबलकार दुर्घटना भएको हो ।
मृत्यु हुनेमा पाँच जना इजरायली नागरिक रहेका छन् । पहाडको चुचुरोतिर गइरहेको केबलकार २० मिटर तल जमिनमा खसेको थियो। घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।
तपाइँको प्रतिक्रीया