२०८२ जेठ २२ बुधबार

राशिफल

संसद पुनर्स्थापना गर्न १४६ सांसदको हस्ताक्षरसहित विपक्षी पुगे अदालत

संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । विपक्षी गठबन्धन र एमालेको माधवक कुमार नेपाल पक्षीय सांसदहरुले रिट दायर गरेका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । त्यसलाई असंवैधानिक भनेको विपक्षी गठबन्धनले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवाको दावी वैधानिक रहेको भन्दै दाबीमा समर्थन गरेका सांसदको हस्ताक्षरसहित रिट तयार पारेका हुन् ।

रिटमा १४६ सांसदको हस्ताक्षर रहेको छ ।