नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकामा खुल्ने बैंक तथा वित्तीय संस्थाको शाखा संख्या तोकेको छ। संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै अब काठमाडौं जिल्लामा ३ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक र १ फाइनान्स कम्पनी मात्रै संचालन हुनेछ।
त्यस्तै ललितपुर जिल्लामा २ वाणिज्य बैंक, १ विकास बैंक र १ फाइनान्स मात्रै संचालन हुनेछ। भक्तपुरमा १–१ वटा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी संचालनमा आउने छ।
निषेधाज्ञा अवधिभर यो व्यवस्था लागू हुने राष्ट्र बैंकले जनाएको छ।
तपाइँको प्रतिक्रीया