२०८२ जेठ २१ मङ्गलबार

राशिफल

गोली प्रहारबाट घाइते माओवादी केन्द्रका नेताको निधन

गोली प्रहारबाट गम्भीर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ ।

गत साता गोली प्रहारबाट उनी घाइते भएका थिए । कपिलवस्तुमै उपचार गराइरहेका उनको अवस्था गम्भीर हुँदै गएपछि सोमबार हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । तर, काठमाडौं ल्याइएको एक घण्टामै उनको निधन भएको ।

पाण्डे र एक भारतीय नागरिकमाथि गत बुधबार राति तीन जनाको समूहले तौलिहवा–जितपुर सडकखण्डको सडवामा गोली प्रहार गरेका थिए । पेट र कम्मरमा २ वटा गोली लागेका पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि काठमाडौं ल्याइएको हो ।