नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा अगाडि एमालेको नेतृत्व गरेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पार्टीबाट निष्कासित भएका छन् ।
ओलीले सोमबार स्थायी कमिटी बैठकमार्फत नेपाल र खनालसहित उनीहरुनिकट ११ नेतालाई साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेका हुन् । त्यस्तै, निष्कासित भएका मुकुन्द न्यौपाने पनि एमाले धार निर्माणका संस्थापक हुन् ।
निष्कासित हुने अन्य नेतामा भीम रावल, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्का रहेका छन् ।
संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेर पार्टी हित विपरित काम गरेको भन्दै उनीहरुलाई निष्कासन गरिएको हो ।
तपाइँको प्रतिक्रीया