विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटका लागि भ्रमणमा निस्किएको नेपाली फुटबल टोलीले २९ मेमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । खेलका लागि टोली मंगलबार इराक जाँदैछ ।
कतार एयरवेजमार्फत् दोहा हुँदै नेपाली टोली मंगलबार राति इराक पुग्ने अखिल नेपाल फुटबल संघले बताएको छ ।मुख्य प्रशिक्षक अब्द्ल्लाह अल्मुताइरीको नेतृत्वमा पहिलो पटक मैदानमा उत्रिन लागेको टोलीमा धेरै युवा खेलाडी छन् ।
नेपालले संयुक्त छनोट अन्तर्गत जुन ३ मा चाइनिज ताइपेइसँग, जोर्डनविरुद्ध जुन ७ मा र अस्ट्रेलियाविरुद्ध जुन ११ मा कुवेतमा फुटबलखेल्ने छ ।
तपाइँको प्रतिक्रीया