भारतमा कोरोना संक्रमितको संख्या दैनिक ओरालो लाग्दै गइरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार मे १ मा भारतमा दैनिक संक्रमितको संख्या ३ लाख ९२ हजार ५ सय ७६ जना नयाँ संक्रमित फेला परेका थिए। त्यसपछि संख्या ओरालो लागेको छ ।
त्यसपछि लगातार ४ लाख, ३ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा भारतमा १ लाख ९५ हजार ८१५ जनामा संक्रमण भएको छ। यो संख्या मे ६ मा फेला परेका संक्रिय संक्रमितको तुलनामा झन्डै ६० प्रतिशत कम हो ।
अब भारतमा जम्मा २५ लाख ८१ हजार ६८२ सक्रिय संक्रमित छन्।
तपाइँको प्रतिक्रीया