संसद विघटनविरुद्धमा सर्वोच्च अदालतमा परेका रिटमध्ये ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ ।
सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते तोकिएको छ भने संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको जेठ १४ गते पेशी तोकिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते निर्वाचन तोकेपछि अदालतमा रिट परेका छन् ।
तपाइँको प्रतिक्रीया