जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् ।
प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा किन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्दै हस्ताक्षर गरेको भन्दै उनले स्पष्टीकरण सोधेका हुन् ।
त्यस्तै सर्वोच्च अदालतमा पार्टी निर्णयविपरीत विपक्षी गठबन्धनसँग मिलेर किन रिट दिएको भन्ने प्रश्न पनि ठाकुरले यादवसँग सोधेका छन्।
पार्टीको विधानको दफा ४९ अनुसार अनुसासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार सोधिएको उक्त स्पष्टीकरणको जवाफ ३ दिनभित्र पार्टी कार्यालयमा पठाउन भनिएको छ ।
तपाइँको प्रतिक्रीया