२०८२ जेठ १९ आइतबार

राशिफल

बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्तको सेयर किन्न नपाउने

बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्त वित्तीय संस्थाहरुको सेयर किन्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै वाणिज्य बैंकहरु, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई लघुवित्तको सेयर किन्न नपाउने बताएको हो ।

साथै, लघुवित्तको सेयर जेठ १० गतेसम्म किनिसकेको भए आगामी पुस मसान्तभित्र बिक्री गरिसक्न समेत निर्देशन दिएको छ । अहिले सञ्चालनमा रहेका अधिकांश जसो बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्तमा लगानी गरेका छन् ।