नेकपा एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । प्रदेशसभा संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।
एमालेले कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसद छन् । बुधबारको बैठकमा २१ जना सहभागी थिए ।
तपाइँको प्रतिक्रीया